बेलकोटगढिमा ब्राह्मण र दलित समुदाय १२६ घरधुरीको जमरा एकैस्थानमा

नुवाकोट // नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदाय १२६ घरधुरीहरुले जमरा एकैस्थानमा राखेका छन्। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई निरन्तरता दिएका हुन्। नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका […]

Continue Reading

मौरीको टोकाईबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट, असोज २१।। बुधबार दिउँसो ३ बजे नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको छ भने एक घाइते भएका छन । माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालिलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा […]

Continue Reading

पिछडिएको बागेश्वरी ।

बिकास पुडासैनी।। बागेश्वरी नाम नै पबित्र छ। नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालीका वडा नं८मा अबस्थित बागेश्वरी मन्दिर किम्बदन्तीको हिसाबले निकै नै गहन अध्यानको खाँचो पर्ने पबित्र स्थल हो। स्थानिय स्रोत साधनको अध्यान अनि प्रत्येक्ष अध्यान गर्दा नेपाल एकीकरण गर्दै गर्दा राजा पृथ्वीनारायण शाह यहि मन्दिरको काखमा अबस्थित गुरुङ गाउँमा बासबस्दा स्वएम पृथ्वीनारायण शाहलाइ नै सपनामा बागेश्वरी […]

Continue Reading

किन पछि पर्दै छ चिम्टेश्वोर।।

बिकास पुडासैनी ।। पछिल्ला पिंढिलाइ हेर्ने हो भने नयाँ नयाँ ठाउँहरु घुम्नु,नयाँ कुराको अबलोकन गर्नु उनीहरुको रुचिको बिषय हो ।नुवाकोट जिल्लाको बेल्कोटगढि नगरपालिकामा अबस्थित चिम्टेश्वोर मन्दिर नयाँ पिढिको लागि त्यो स्थान बन्न सक्छ। उँचो भुभाग,रमणीय वातावरण अनि मनमोहक दृश्यले भरीपुर्ण चिम्टेश्वोर पर्यटकीय अनि साँस्कृतिक दृस्ठिकोणले निकै नै सम्भावना बोकेको स्थान हो । किम्बदन्ती अनुसार भगवान […]

Continue Reading

चाउथे खोलामा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्ने स्काभेटर टिप्पर र आईचर प्रहरी नियन्त्रणमा

नुवाकोट, भाद्र २४ मंगलबार बेलकोटगढी नगरपालिका वडा नं २ चाउथे दोभान स्थित चाउथे खोलामा स्काभेटरको प्रयोग गरी अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यभएको छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा चेकिङको लागी खटि गएको अबस्थामा […]

Continue Reading

बेलकोटगढिकी सुगिष्मा कँणेल सर्वोत्कृष्ट पाठक ,शिक्षामन्त्रीले सम्मान गर्ने

नुवाकोट। १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँणेल यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन्।कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइएको थियो । स्वास्थ्य जोखिमका कारण […]

Continue Reading

ज्यान मार्ने उद्योगमा महादेबफाँटका पशुराम नेपाल पक्राउ

नुवाकोट, भाद्र १० भाद्र ८ गते बिहान ११ बजे बेलकोटगढी नगरपालिका वडा नं ७ महादेबफाँटका ३७ वर्षिय पशुराम नेपालले आफ्नै श्रीमती सुमी घिमिरे नेपाललाई ज्यान मार्ने उद्देश्यका साथ लात्ती, मुड्की तथा फलामको साबेलले समेत पटक(पटक शरिरको बिभिन्न अंगमा प्रहार गरी घाईते बनाएको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ […]

Continue Reading

विप्लवद्वारा नुवाकोट बेलकोटगढी १३ मा स्काभेटर आगजनी

नुवाकोट, भाद्र ७ नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरेको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले बताए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा पुगेको क्षति रु २० लाख बराबरको छ । […]

Continue Reading

रातमाटेमा गएराती परेको पानीले २ घर र मन्दिरमा क्षति, २० घर जोखिममा

नुवाकोट, साउन २२ नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा गएराती परेको पानीको कारण २ घर र मन्दिरमा क्षति हुनुको साथै गएराती परेको पानीको कारण २ घर र मन्दिरमा क्षति रहेका छन् ।   गएराती परेको पानीको कारण आएको भल घर भित्र छिरेको स्थानियले बताएका छन् । केहि ठाँउमा पहिरो र खेतबारि समेत डुबानमा परेको […]

Continue Reading

अविरल वर्षाका कारण बेलकोटगढी ८ मा पानिको मुहान ध्वस्त

गगन राज गजुरेल / नुवाकोट अविर वर्षाका कारण विगत ३ दिन देखि पहिरो को कारण गकालेगैरी मुहान हुँदै केउरिनी मा रहेको खानेपानी संकलन गर्ने ट्यांकी अविरल बर्षा को कारण पहिरो ले भत्किदा स्थानीय उपभोक्ता चपेटामा परेको वेलकोटगढी ८ का जन प्रतिनीधी अचुत पुडासैनीले जानकारी दिएका छन्। सो ट्यांकी भत्कियर करिब नौ घरलाई पानीको समस्या परेको […]

Continue Reading