साफ गेममा पदक बिजेता खेलाडीहरुलाई त्रिशुली बिकास समुदायद्वारा सम्मान

महेन्द्र श्रेष्ठ,नुवाकोट  साफ गेममा विभिन्न पदक जित्ने खेलाडीहरुलाई त्रिशुली बिकास समुदायले स्वागत तथा सम्मान गरेको छ। शुक्रबार नुवाकोटको पुरानो बजार त्रिशुलीमा  आयोजित  कार्यक्रममा  साफ पदक बिजेता खेलाडीलाई स्वागत गर्दै सम्मान गरिएको छ। सम्मानित हुने खेलाडीहरुमा गोबिन्द बहादुर आले,ग्यानेन्द्र हमाल ,बिरबहादुर महरा,भुपेन श्रेष्ठ ,सक्षम कार्की ,काजल श्रेष्ठ ,युनिशा राई,अस्मिता खड्का ,सङ्गिता बस्याल,अप्सरा कार्की निशा रावल ,आयुशा […]

Continue Reading

एन्फाले बढायो खेलाडीको तलब, पुरुष र महिलाले समान पाउने

नुवाकोट – नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो । एन्फा कार्यसमितिले महिला र पुरुष टोलीका खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय […]

Continue Reading

लिभरपुलले आर्सनललाई ३–१ले हरायो

नुवाकोट ।। इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका […]

Continue Reading

सीपीएल – सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनको बाबजुद हार्यो तलावाज

नुवाकोट /भाद्र ७-  क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले लगातार दोस्रो हार ब्यहोरेको छ। गएराती भएको खेलमा जमैका गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको हो । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय १८ रनमा समेटियाे । झिनो लक्ष्य पछाएको जमैका २० ओभरमा सात विकेट गुमाएर […]

Continue Reading

अबको ट्वान्टी–२० विश्वकप भारतमा

नुवाकोट /साउन २४ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको छ । यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण यो प्रतियोगिता पछाडि सारिएको हो । यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि […]

Continue Reading

युवा तथा खेलकुद मन्त्रालयद्वारा ४ खेल पत्रकार सहित १० पत्रकार सम्मानित

नुवाकोट, असार २३ सोमबार ४ खेल पत्रकारसहित १० पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबार सम्मान गरेको छ । सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोष्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र […]

Continue Reading