नुवाकोटमा लकडाउन नहुने

Banner Third टप फिचर नुवाकोट समाचार समाचार

नुवाकोट । नुवाकोटमा तत्कालै लकडाउन वा निषेधाज्ञा जारी नहुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र विपद् ब्यावस्थापन समिति नुवाकोटको सोमबार बसेको सयुक्त बैठकले तत्काल लकडाउन वा निषेधाज्ञा नगर्ने निर्णय गरेको हो ।वैठकले जिल्लामा सभा, जुलुस, र्याली, भेला, महोत्सव, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्ने र नगराउने निर्णय समेत गरेको छ ।यस्तै बैठकले कार्य क्षेत्रमा कृयाशिल रहँदा जनस्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न, मास्क, स्यानिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सबैमा अनुरोध गर्ने र स्थानिय अनलाईन संचारमाध्यमार्फत कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गर्ने गराउने निर्णय गरेको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *