ओइलाएको खुसी

Banner First टप फिचर साहित्य/कला

ओइलाएको खुसीफर्की हेर्दा त्यो बालापना
थिएन कुनै त्यति ठूलो सपना
थुप्रै हुन्थे भाइसाथी हरु
ज्ञानी अनि सहयोगी भावना

समय जान लाग्दैन बेर
कट्दै गए ति सबै उमेर
बुझ्ने अनि सम्झने बेलामा
मिल्ने हरु पनि गर्न थाले अटेर

टेकेको थिएँ भर्खर बाइस वर्षमा
खुलेर हाँस्न मन लाग्न छाड्यो खुसी र हर्षमा
थिएन कुनै कुरा कमि र कमजोरी
फिका मात्र लाग्दथ्यो सबको मायाको स्पर्श

हराएको थियो काम गर्ने सबै जाँगर
डुबेको थिएँ चिन्ताको त्यो गहिरो सागरमा
खै कून्नि किन परेँ म त्यो परिबन्दमा
भित्री मनले भन्ने गर्थ्यो केहि गर्ने आँट गर !

झट्ट हेर्दा खुसी थिए
भित्री मन टुटेको थियो
बाल्ने हिम्मत आउन सकेन
एक्कासी त्यो निभेको दियो !!

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *