( मनरोग – आजको गम्भीर समस्या )

Banner First समाज स्वास्थ्य

मनरोग अर्थात मनको रोग जुन हाम्रो मन मस्तिष्क सँग सम्बन्धित छ । सामान्यतया, विश्वको तथ्याङ्क हेर्दा, बुझ्दा विविध कारणले गर्दा नैरश्यता,अनेक तनावबाट मानिस गुज्रिएर यस समस्यामा पर्ने पाइन्छ । समग्र विश्वमानै यसले एउटा ठूलो रुप लिइरहेको देखिन्छ । बदलिँदो युग, अनेकौँ प्रविधि र असिमित विकाशको साथ अगाडि बढिरहेको विश्वमा यो ठूलो जनसागरमा फैलिरहेको मानसिक समस्या नै भोलिको दिनमा चुनौती र टाउको दुखाइको विषय बन्ने आँकलन गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा हेर्दा, कुनै पनि मानसिक समस्या भएका व्यक्तिलाई अलिक फरक ढङ्गले हेर्दै आएको पाइन्छ । पागल, बहुला,नामर्द, डरपोक आदि जस्ता अनेकौ तुच्छ शब्द प्रयोग गरेर उनिहरुको मनोबल अझ गिराउने काम गरिन्छ । समर्थन, हौसला, साथ र माया दिएर त्यस समस्यामा परेका व्यक्तिको मनोबल उच्च बनाउने, उनीहरूको समस्या सुन्ने आदि जस्ता कुरा नै यसको औषधी हो ।

मेरो परिचय प्रसिद्ध तुलाधर,करिब १६/१७ वर्षको उमेरदेखि नै मेरो मनमा कयौँ कुराहरुले एकछत्त राज गरिसकेको थियो ।
त्यसमा ज्यादा नकारात्मक सोच, विचार थिए भने कम मात्रामा सकारात्मक सोच । त्यो चुलबुले उमेरमा प्रशस्त राम्रा काम गर्ने, राम्रो सँग आफ्नो अघ्ययनलाइ अगाडि बढाउने सोच आएतापनि मनको अर्को पाटोमा रहेको त्यो नकारात्मक सोचले ति मेरा चाहाना र रहरलाइ दबाएर राखेको थियो । अपरिपक्व उमेरमा त्यो सोच, विचार, त्यत्तिको तनाव हुनु कत्तिको ठिक, बेठिक र किन अनि कसरी आउँछ यो सब सोच त्यो सब कुरामा म अनविज्ञ थिए ।

यो समस्या नभोगेका धेरै मान्छेले यो कुरा बुझ्थेनन्, बुझाउन गाह्रो पनि हुन्थ्यो । नैरश्यता,भय,दुश्चिन्ताले मेरो मनमा गुँड बसाएको थियो । खुसी, हाँसोले बाटो बिराएको महिनौँ भइसकेको थियो । बा-आमाले मेरा असिमित रहर अनि सपना पछ्याउने बाटो देखाइदिए तापनि त्यस बाटोमा म आफैँले विशाल पर्खाल लगाएको थिएँ । आफैँलाई आफू संसारकै कूरुप व्यक्ति लाग्न थालेको थियो । जति राम्रा काम गरेपनि गल्ती गरेको मात्रै महशुस हुन्थ्यो । ढोका लगाएर रुन्थेँ, चिच्याउँथे, हिनताबोध महसुश गर्दथे । शारीरिक रुपमा दुब्लाउँदै गएको थिए भने आत्महत्या भन्ने शब्दले मनमा उच्च स्थान ओगटेर बसेको थियो ।

असल, इमान्दार अनि सहयोगी भावनाकी धनी व्यक्तित्व- अभया भट्टराई । उनी मेरो सानो बेला देखिकी साथी थिइन् । फेसबुक चलाउदै जाने क्रममा उनीसँग मेरो कुरा हुन पुग्यो ।
कुराकानी गर्दै जाने क्रममा मैंले उनीसामू आफ्नो कुरा राख्न लाइ सहज महसुस गर्न थालेँ । बिस्तारै मैले उनलाई आफ्नो सबै समस्या सुनाए । उनले मेरो समस्या सुनेर त्यस्तो आपत्तिजनक प्रतिकिया दिइनन् बरु भेटेरै सबै कुरा बुझ्छु भनिन् । त्यसदिन मैंले कता कता हलुका महसुस गरेँ । उनले एक पल्ट साइकोथेरापिस्ट सँग परामर्श लिन सुझाव दिइन् । साइकोथेरापिस्ट भन्नाले सामन्यतया बुझदा मनोरोग सम्बन्धित समस्या भएका व्यक्तिलाई उचित अनि सामान्य ढङ्गले सुझाव दिने व्यक्ति रहेछन् । बा-आमालाइ साथमा राखेर उनले हप्ताैँ सम्म सकारात्मक कुरा भनिरहिन् ।

उनले मेरो कोठा बाहिर एउटा गमला ल्याएर राखेको थिइन् जसमा एउटा सुकेको गुलाफको बोट थियो । मलाइ त्यस गमलामा बिहान बिहान उठि पानी हाल्न भनेकी थिइन् । जरा मात्रै नमरेको त्यस गुलाफको बोट हावा,पानी मिलेपछि बिस्तारै हरियो हुन थाल्यो…समय सँगै त्यसमा फुल फुल्न थाल्यो र मधुसुमन मेरो कोठै भरि छर्न थाल्यो । गुलाफको त्यो बोट जस्तै मरेतुल्य भएको मेरो जिवनलाइ उनले बिंउताएकी थिइन ।

जिवनमा कोहि मान्छेको माया, हौसला अनि साथले कति फरक पार्ने रहेछ भनेर मैँले बिस्तारै बुझदै गएँ । उनि मेरो लागि औषधी बनेर आएकी थिइन्,… भगवान बनेर आएकी थिइन् । विभिन्न यस्तै समस्यामा परेका व्यक्तिको कुरा उचित ढंगले सुनेर…विज्ञको पनि साथ लिएर सक्दो माया अनि हौसला दिएर
त्यस अन्धकारमा फसेका व्यक्तिलाइ उद्धार गर्न सक्नु नै जिवनको एउटा सफलता हो, चोखो पुण्य अनि मानवीय धर्म हो ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *