बलात्कार पछि हत्या भएको भागरथीको न्याय माग्दै नुवाकोटका युवा सडकमा

Banner First टप फिचर नुवाकोट समाचार समाचार समाज

२६ माघ, नुवाकोट । बैतडी दोगडा केदारकी १७ विर्षया कोशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको र त्यसमा संलग्नको अहिलेसम्म पहिचान हुन नसेको भन्दै हत्यारालाइ कारबाहीको माग गर्दै नुवाकोटमा युवा विद्यार्थीले ब्यानरसहित प्रदर्शन गरेका छन । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट स्वतन्त्र न्यायप्रेमी युवाहरुको आयोजना गरेको विरोध प्रर्दशनमा बट्टार क्याम्पसका विद्यार्थीहरु, र युवाहरूको सहभागी रहेको छ ।

उनीहरूले शान्तिपुर्ण प्रर्दशनमा युवा विद्यार्थीले हत्यारालाई कारवाही गर, बलात्कारीलाई फाँसी दे लगायतका नारा लगाएका थिए । बट्टारबाट शुरु भएको र्‍याली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको सामाजिक अभियान्ता पूर्णमानकुमार श्रेष्ठले जानकारी दिनुभयो । बलात्कारपछि मृत्य अवस्थामा वनमा भेटिएकी भागरथीको ४ दिन बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन ।

भागरथीको बलात्कार पछि हत्या भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रहरीको तिन वटा टोली अनुसन्धानमा परिचालित छ । सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन । त्यस्तै कञ्चनपुरमा निर्मला पन्तको हत्या अनुसन्धानमा खटिको सीआइबी टोलीलाई पनि बैतडी पठाइएको छ ।

 

प्रहरीका अनुसार भट्टको बलात्कार पछि हत्या भएको देखिएपछि आशंकित व्यक्तिहरुको सुचि तयार पारिएको छ । दिउसो २ बजे विद्यालयबाट निस्किएकी किशोरी दुइदिनसम्म घर नपुगे पनि उनको खोजिखबर भएको थिएन । घटना स्थलमा बाहिरको मान्छे आउने सम्भावना देखिएकाले आफन्त र साथिहरुबाटै भट्टको हत्या भएको प्रहरीको प्रारम्भिक बुझाइ छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *