बिधवा

Banner Second टप फिचर विचार साहित्य/कला

बिकाश पुडासैनी//
साचै बसन्त नै उजाड छ आज ।
उ बारबार यादमा मात्र आउँछ ।
सपनी अनि बिपनिका पानाहरुमा।
मुर्छित अनुहार लिएर आउँछ अनि भन्छ।
कठै तेरो सबै मै सङ्गै गयो है ।

कठोर गरि मलाई समात्छ छ्या।
आखाहरु लाललाल पार्छ अनि फेरि भन्छ
साचै तलाइ सुहाएन यो पैरन फ्याक्दे ।
उ मेरो मनमा छ,कतै अध्यारो आकृती लिगेर
मलाइ हेरिरन्छ अनि भन्छ ।
त क्या चाउरियकी साचै सोह्र सिङ्गार्ले सझिन।

कास उस्ले भने जस्तै हुन सक्थे त ।
मन भकानिएर आउछ,सास गला सम्म आउछ।
शरीर मरनासन्न हुन्छ अनि आँखा पानी पार्छ।
भन्न सक्दिन तैले छोडेर गए पछि हराए सबै ।
मैले त तेरो सम्झनामा संसार बिर्सिदिए ।
भन्न सक्दिन,मैले तेरो यादका गुच्छामा
सिङ्गो जिन्दगिको माला बिर्सीदिए।।।
भन्न सक्दिन हर रात तेरो प्रतीक्षाको बाटोमा
आफ्नो गन्तब्य बिर्सिए।

मैले कहिलै भन्न सकिन मलाइ सेतो मन पर्दैन ।
मैले कहिलै भन्न सकिन मलाइ त नभको मन पर्दैन ।
मैले कहिलै भन्न सकिन मलाइ त चाहिन्छ
सम्झना होइन..
मैले कहिलै भन्न सकिन यो त दुनिया हो संसार त तिमी हौ ।
मैले कहिलै भन्न सकिन साचै तिमी बिना मेरो अस्तित्व छैन ।
मैले कहिलै भन्न सकिन तिमी हकिगतमा आउ निन्द्रामा होइन।
अनि भन्न सकिन हे निन्द्रा मलाइ एक छिन नछोडन म शीत मेरो सर्बस्व छन।

3 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *