बेलकोटगढिमा ब्राह्मण र दलित समुदाय १२६ घरधुरीको जमरा एकैस्थानमा

Banner First टप फिचर नुवाकोट समाचार बेलकोटगढि समाचार समाज

नुवाकोट // नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदाय १२६ घरधुरीहरुले जमरा एकैस्थानमा राखेका छन्।

सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई निरन्तरता दिएका हुन्।

नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीमा रहेको निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक वेलकोट र आसपासका १२६ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *