बिकास निर्माण कार्य गर्नको लागि किस्पाङ २ गोगने का युबा अग्रसर

Banner First किस्पाङ नुवाकोट समाचार मुख्य समाचार समाचार समाज

नुवाकोट // किस्पाङ २ फिकुरी साबिकको वडा न ८ र ९ लाई लक्ष्यित गरि गोगनेको फेदि र मनकामनाको सिर देखि निर्माण भैरहेकी झुम्राको डिल नाकाछिपे गोरेटो बाटो निर्माण कार्य तिब्र रुपमा अगाडि बढीरहेको छ।

गोरेटो बाटो निर्माण समितिमा अध्यक्ष श्री राजन अधिकारी र , सचिब श्री रमेश अधिकारीको नेतृत्व मा किस्पाङ गाउँपालिकाको एक नमुना बाटो बनाउने लक्ष्य लिएका छन।

सचिब (रमेश अधिकारी )

सचिब रमेश अधिकारी भन्छन, हिजोका दिन सम्म हरेक बिकास निर्माणका काम हरु भए, हेरेउ हामिले तर कुनै पनि काम चित्त बुझ्दो नभएको र जति पनि पालिकाले दिएको बजेट को काममा ४०% काम गरि अरु बजेट पचाउने , जनताको आखामा छारो हाल्ने काम भैइआएकोले अबको काम हामी गाउँ युबा हरुले बनाउ भन्ने उदश्य का साथ हामिले समिती बनाइ बिकास निर्माणकार्य सुरु गरेका हौ। अहिले हामिले गरेको काम पारदर्शी तरिकाले गरेका छौं । किनकी समितिले सामान ढुवानी गर्ने र बाकी रहेको रकम गाउँका काम गर्ने सबैले बराबर बाडेर लिने निर्णय गरि काम सुरु गरेका छौ। यसो गर्दा जनताको चित्तबुझ्दो काम पनि हुने र भ्रष्टाचार पनि रोकिने भएकोले जनहितको लागि हामिले यो तरिकाले बिकासनिर्माण कार्य गरिरहेका छौ। हामिलाइ यो काम गर्नको लागि CDC Nepal रु ५३०००० र किस्पाङ गाउपालिका को साझेदारी को रकम रु ५००००० गरि जम्मा रु (१०३००००) दस लाख तीस हजारमा ९२० मिटर बाटो निर्माण गर्ने जिम्मा समितिले लिएको छ। र यो काम करिब करिब सम्पन्न हुन २०% बाकी रहेको छ। आज सम्मको नमुन काम गोगनेका युबा हरुले गरेर देखाए भन्दै सबैले धन्यवाद पनि दिएका छन।

गाउँ शहर बिकाश गर्नको लागि उदाहरण बनेका छन किस्पाङ २ गोगनेका युबाहरु।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
73 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
27 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *