नुवाकोटमा बलात्कार विरुद्ध र्याली कार्यक्रम

Banner First नुवाकोट समाचार समाचार समाज

नुवाकोट – बलात्कार जस्तो घृणित अपराधमा प्रसाशन , सरकारको ध्यानाकर्षण रहोस् र पीडितले न्याय पाओस् र अपराधीले हदै सम्मको कडा सजाय पाओस् भन्ने माग र युवाहरुको आवाजका साथ नुवाकोटमा र्याली कार्यक्रम  भएको छ ।

बढ्दो बलात्कारको घटनाले आम सर्वसाधारणमा मानसिक त्रास बढिरहेको बेला सरकारलाई खबरदारी गर्न विश्व मानसिक दिवसको अवसरमा विभिन्न सामाजिक सञ्जालका सामाजिक कार्यमा सक्रिय युवा समूहहरूको संयुक्त प्रयासमा बलात्कार विरुद्ध र्याली कार्यक्रम आयोजना गरिएको  हो।

बढ्दो महिला हिंसा र बलात्कारको घटनाको न्यूनीकरणका लागि सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्ने, संविधान संशोधन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय नेपाल कानुनमा राख्नु पर्ने माग  गरि कार्यक्रम गरिएको छ  ।

करिब ५० जनाको उपस्थिति रहेको र्याली विदुर नगरपालिकाको बट्टार बजारदेखि विदुरको लोकतान्त्रिक चौतारासम्म पुगि कोणसभामा परिणत भएको थियो ।

मुलुकभरको तथ्यांकमा आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्।

नुवाकोटमा भने चालुआर्थिक वर्षमा आधा दर्जनभन्दा बढी बलात्कारको घटना घटेको प्रहरीको तथ्यांक रहेको छ।

3 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
33 %
दुःखी
दुःख
33 %
Excited
उत्साहित
33 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *