संयुक्त अनुगमन टोलीद्धारा औषधी पसलहरुको अनुगमन

Banner First टप फिचर तादी नुवाकोट समाचार म्यागङ विदुर समाचार स्वास्थ्य

नुवाकोट ।। मिति २०७७ आश्विन २१ गते औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले म्यागङ गाउँपालिकाका औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमन टोलीले म्यागङ गा.पा.वडा नं.०३ मा संञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा सोही वडामा सञ्‍चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा रहेको पाईकोले कानून बमोजिम रितपुर्वक सिलवन्दी मुचुल्का तयार गरी उक्त मेडिकल/फार्मेसीहरु सिलबन्दी गरिएको छ।
मिति २०७७ आश्विन २२ गते औषधि व्यवस्था विभाग काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको छ। आश्विन २२ गते विदुर नगरपालिका क्षेत्र भित्र अनुगमन गरिएका ९ वटा औषधि पसलमध्ये विदुर नगरपालिका २ वट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका ४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल र विदुर फार्मेसी गरी चार र विदुर नगरपालिका १ ढुंगेमा रहेको समीर फार्मेसी एक गरी पाँचवटा औषधि पसलले विक्री वील वीजक जारी नगरी औषधी विक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.२ लाख जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।
यसै गरी तादी गाउंपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गरिएका तादी गाउँपालिका ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद विल नभएको समेतको अवस्था देखिएको उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.१० हजार जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *