आज एकै दिन ४ हजार ३ सय ६४ कोरोना संक्रमित, २,६७५ जना निको भए

Banner First समाचार स्वास्थ्य

नुवाकोट ।। पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनाको पिसिआर गर्दा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो। यस्तै, २ हजार ६७५ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

२४ घण्टामा २,६७५ ले ‘जिते’ कोरोना

पछिल्लो २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *