सामाजिक सञ्जालमा महिलाहरुले प्रोफाइल फोटो अन्धकार (ब्ल्याकआउट) गरेका छन् ।

Banner First मुख्य समाचार समाचार समाज

बारम्बार बलात्कारका घटनाहरु बढिरहेको र कैँयौँ चेलिको जीवन अँध्यारो बनिरहेको भन्दै महिलाहरुले आफ्नो फेसबुकको प्रोफाइल फोटो ब्ल्याकआउट गरेका हुन् ।

नारीबिना यो सन्सार आफ्नो प्रोफाइल जस्तै अँध्यारो हुनेछ भन्ने कुरा सबैलाई बुझाउन प्रतिकात्मक चित्रको रुपमा प्रोफाइल फोटो अन्धकार पारेका हुन् ।

नेपालमा बलात्कारका घटना बढेको बढ्यै छ । बलात्कारीलाई फासीको सजायको माग गर्दै महिलाहरु अहिले डिजीटल आन्दोलन छेड्ने क्रममा छन् । उनीहरुले बलात्कारीलाई कडा सजाय दिएर बलात्कारका घटना रोक्न सकिन्छ भन्दै सरकारलाई बलात्कारीका लागी फासीको सजाय राख्नपर्छ भनेर सुझाब समेत दिएका छन् ।

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै धेरै महिलाहरुले सामाजिक सञ्जालमा आफ्ना विचार राखेका छन् ।अहिले सरकारको माथिल्लो तहमासमेत बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने कुरा बहसको विषय बनेको छ ।

3 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *