बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

Banner First समाचार स्वास्थ्य

नुवाकोट , २१ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि ७ जनाको ज्यान गएको छ ।

बुधबार ज्यान गुमाउनेमा ५ महिला र १० पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंका ६६ र ७२ वर्षीया महिला रहेका छन् भने काठमाडौंकै ४५ ५३ ६४ र ६९ वर्षीय पुरुष छन् । यस्तै ललितपुरका ४६ वर्षीय पुरुषको पनि संक्रमणबाट ज्यान गएको छ ।

त्यसैगरी झापाका मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला तथा चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा बुधबार ३४३९ जना कोरोना संक्रमित थपिँदा ११२६ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *