यस कारणः विकल्प आवश्यक छ

Banner Second टप फिचर विचार साहित्य/कला

दामोदर नेपाल//
राजनीतिमा लाग्नु मानिसको सौखको विषय हो तर जोकको विषय भने पक्कै होइन । ऐच्छिध विषय भए पनि राजनीति मानिसको व्यक्तित्व चिनारी गर्ने माध्यम पनि हो जहाँ मानिस हाइफाइ बन्ने गर्दछ भने मनिस घृणाको पात्र पनि बन्दछ । जनआक्रोस बढ्दा कालो झन्डा मात्रै होइन, पुत्ला दहन गरेर जनताहरु ऋाफ्नो आत्मको सन्तुष्टी लिने गर्दछज् ।
विश्वमा राजनीतिबाट नै मानिसहरु कयौं वर्ष अगाडिका भए पनि वर्तमानमा ऐतिहासिक व्यक्तित्वको रुपमा अमर छन् जुन उनीहरुको कहिल्यै नमेटिने छाप हो, जतिसुकै राजनैतिक उथल पुथल भए पनि अजम्बरी नाम रहनु पक्कै नै ठूलो कमाइ हो , मान, सम्मान प्रतिष्ठा र इज्जत आफूले चाहेर पाउने भन्दा नी आफूले गरेको कर्मको फल अरु मार्फत पाइने कुरा हो । यस्ता खाले राजनेता इतिहासलाई खोतल्ने हो भने पातलो नै छन् । अमर कसरी बन्न सकिन्छ, हजारौं वर्ष पहिलेको राजनीति मार्फत काम गर्दैमा मानिस आज पनि किन उक्तिकै महत्वपूर्ण व्यक्तिको चित्रणमा गरीन्छ । उनीहरुको नीति र सिद्धान्त प्रशंशा किन गरिएको होला ? वास्तवमा भन्ने हो भने राजनीतिमा लाग्ने जो कोहिले पनि धेरै कुराहरुको अध्ययन गर्न जरुरी छ । के का लागि आफू राजनीति तिर पाइला चाल्दै छु, दायित्व निभाउन सक्छु या सक्दिन, काम गर्दा प्रशंसक बनाउने कि आलोचकबनी कलङ्कीत बन्ने उसका कर्मबाट देखिन्छन् । अमेरीकाका अब्राहम लिङ्कन देखी भारतका महात्मा गनन्धी किन आज सम्म लोकप्रिय नेताको अथवा कुशल राजनैतिक व्यक्तिहरुको रुपमा ताजै छन् ? आज सम्म कति शासक फेरिए, कति नीति नियम बने होलान् तर उनीहरुलाई माथ गर्ने र सर्वमान्य राष्ट्र«सेवक (राजनीतिज्ञ) देखा पर्न सकेका छैनन् ? ती देशहरु ऋाफ्नो मुद्रामा आज पनि उनीहरुकै सान्दार फोटोहरु राखेर प्रयोगमा ल्याइरहेका छन् ? उनीहरुले राजनीतिलाई कहिल्यै पेशा बनाएनन् । सानातिना लोभ लालचमा अड्केनन् । उनीहरुसँग सबैलाई समेट्न सक्ने र अराउन सक्ने नीति र काम गराई थियो । राजनीति पेशा होइन, समाज सेवा हो र त्यही समाज सेवा गर्न आफू राजनीतिमा आएको र देश अनि जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्न, आफ्नो कर्तव्य ठान्दथे । देश बन्यो, जनता बने, विश्वमा शक्तिशाली देशको नागरिक बन्न पाउाँदा ती देशका जनता आज पनि दङ्ग छन् । भारत जस्तो उपनिवेशमा नराम्रोसँग जकडिएको देशलाई अंग्रेजको पञ्जाबाट त्यसमा पनि अहिंसात्मक आन्दोलन मार्फत स्वतन्त्र, सार्वभौम सम्पन्न र विश्वको सबैभन्दा ठूलो संघिय लोकतान्त्रीक गणतन्त्रको मुलुकको रुपमा स्थापित गर्नुले महात्मा गान्धी भारतीयहरुको अमर पिता बनि रहेका छन् । तर नेपाल जहाँ कहिल्यै अरुको उपनिवेश बन्नु परेन, पुर्खाले जोगाएर राखीदिएको मान, सम्मान र अस्तित्वलाई जगेर्ना गर्न नसक्नु अनि विपदको समयमा विदेशीलाई इज्जतदार रुपमा सहयोग, आर्थिक खाद्यान्न लगायत अन्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल आज विदेशीको मुख ताक्ने अवस्थामा आइपुगेको छ । नुन देखि एउटा सियो सम्म विदेशीको भर पर्नु अनि पैसाको मुख देख्न ५० डिग्री तापक्रममा हाड छाला घोट्नु पर्ने अवस्थाको सृजना भएकोछ । इतिहास साक्षी छ यहाँ धेरै शासक फेरिएको, व्यवस्था फेरिए, नेता फेरिए, देश बनाउने जिम्मा हाम्रो भन्ने राजनैतिक खोल ओडेर धेरै आए अनि खोइ त देशको अवस्था फेरिएको ? जनताको अवस्था फेरिएको ? आत्म निर्भर बन्न सकेको ? ऋणका नाममा जनताको थाप्लामा भारी किन बोकाएको ? याव्त प्रश्नको जवाफ दिन आजसम्म राज्यको ढुकुटी साँचो लिनेहरुले समयमा आफ्ना ती कर्महरुको जिम्मेवारी कुन र कसरी लिन्छन् । यस्ता प्रश्नै प्रश्नको उत्तर सरोकारवालासँग सोध्न हामी अगाडी बढ्न जरुर छ । कस्सिएर लाग्न जरुरी छ । गुण र दोष केलाउने बेला आएकोछ । परिवर्तन केका लागि भएको हो ? त्यो किन हुन सकेको छैन र के हुन सक्दैन ? वाधक के हो ? अप्ठ्यारो कहाँबाट छ ? चुनौतीको सामना गर्न सकिँदैन ? समस्याको पहिचान नगरी समाधानको परिकल्पना हुन सक्दैन । त्यसकारण समाधानमा गर्नुपर्ने बुँदागत नीति र पालना गर्नुपर्ने न्यूनतम् आधारहरुको खाका बनाउन सक्ने एउटा दरबिलो, साहसी, सबै अट्न सक्ने राजनीतिक सङ्गठन बन्न जरुरी छ । आँट, हिम्मत मात्रै भएर पुग्दैन त्यस भित्र इमान्दारीता, निस्पक्षता, उत्कृष्टता र पारदर्शिता चाहिन्छ । भाषण र मुखले भनेर विश्वास जाग्ने युगको अन्त्य भैसकेकोछ किनभने यस्ता कुरा गर्दा जनताको एउटै भनाइ छ जुन जोगी आए पनि कानै चिरेको । हो यस्ता भनाईलाई चिर्न व्यावहारमा देखाउनु छ । आफू परिवर्तन हुँन जरुरी छ । यो अनुशरण गर्न सक्ने देशले खोजेको र जनताले रोज्न सक्ने एक बैकल्पिक पार्टी निमार्ण हुन हतार भैसकेको छ । समय अब ढिला भयो भने देश बर्बाद मात्रै होइन् पछिल्लो पुस्ताले पनि चाहेर राजनीतिक मुहान सफा गर्न असमर्थ हुँने पक्का छ । तमाम युवा जाग्न अनि युवाको जोस जाँगरमा ७० वर्ष सम्मका दुःख र हन्डर खाएर खारिएको असल व्यक्तिहरुको मोर्चा बन्न जरुरी छ । असल नियत र इमान्दार प्रवृति जगाउनुछ । अहिलेको परिस्थितीलाई हेर्दा यस्तो बनिरहेको छ कि समग्र व्यक्ति परिवार समाज नै स्वार्थ लोभ विलासितामा आत्मीयता र स्वच्छ मनहरु छरिएका यत्र तत्र छन् । ती मनहरुको साझा मन बनाउँन लाग्ने जनहरु प्नि छन् । त्यसको व्यापकता र विस्तार समयको माग हो यो मागलाई हामीले सम्बोधन गर्नु पर्दछ साङ्गठनीक भएर । यो र त्यो रुप नभइकन राजनीतिको मुल सफा गरी सुखी नेपाली र सम्बृद्ध नेपालको परिकल्पनामा वैकल्पिक सबै धार एउट सहमतीमा आउनै पर्छ । पुराना राजनीतिक दलमा पनि राम्रा मान्छेहरु छँदै छैनन् भन्ने कदापी होइन तर ती विचारमा दृढ र इच्छाशक्ति भएका, राजनीतिक सुझबुझ भएकालाई वर्तमान नेतृत्वले नेतृत्व दिन सकिरहेको छैन । यस्तो परिवेशमा देशलाई सम्वृद्ध, भ्रस्टाचार मुक्त, न्यायको अनुभूति र दण्डहिनताको अन्त्य गर्न सक्ने आँट र जोस भएका सबै पार्टीका नेता देखि कार्यकर्ताहरुलाई विकल्पको राजनीतिको बहस गर्न अपिल गर्दछौं ।
अन्त्यमा विकल्पको राजनीति दिन उदाएका शक्तिको एकताले मात्र त्यो पुरा हुँने छ । अन्य विचार मिल्ने समूह, अभियान्ता र देशप्रति केहि गरौं भन्ने सोचको समिकरणले एउटा बलियो वैकल्पिक ध्रुविकरणको शक्ति निर्माण हुँन सक्छ जसबाट जनताको विश्वास लिन लामो समय कुर्नु पर्दैन र ती दलहरुले आफुलाई राजनीतिक सेवकको रुपमा स्थापित गर्न सक्नु पर्दछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
100 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *