नारायणी किनारमा भोकाहरुलाई खाना खुवाउँदै.

Banner First टप फिचर प्रदेश २ प्रदेश समाचार समाचार समाज

महेन्द्र अधिकारी ललितपुर, असोज ४।
लकडाउनअघि नारायणी किनारको चौरमा कोही नदी अवलोकन गर्न आउथे । कोही टहलिन आउनेहरु हुन्थे । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनपछि मानिसको जीवन कठिन बन्दै जाँदा नारायणी नदीको काख बेसहाराहरुको आश्रयस्थल बनेको छ । आजभोलि यहाँ बिहान बेलुका भोक मेटाउन विभिन्न उमेर समूहका मानिस भेला हुन्छन् ।
३२ दिनदेखि यहाँ बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले खान समस्यामा परेकाहरुलाई खाना खुवाउने व्यवस्था मिलाउदंै आएको छ । बिहान ६ बजेदेखि खाना पकाउन सुरु गरिन्छ र ११स्३० बजे खाना खाने तयारी हुन्छ । खाना पाकिसकेपछि माइकको आवाज आउँछ ९सबै अनुशासन भएर हात धोएर खानाका लागि तयार हुनुहोला ० ।
संस्थाले दालको भन्दा मासुको मूल्य तुलनात्मक सस्तो पर्ने भएकाले दालको सट्टा मासुमा झोल हालेर दिने गरेको छ भने कहिले तरकारीको सट्टा खिर पनि खुवाईन्छ ।
अहिले यहाँ दैनिक तीन सयदेखि चार सय जनालाई खाना खुवाउने गरिएको छ । यहाँ धेरै व्यक्तिहरु सयौं सडकमा आएका छन् । उनीहरुका लागि न त स्थानीय सरकारले केही गर्न सकेको छ न संघ,संस्थाहरुले नै । सुरुमा त मेरै पैसाले खुवाएँ । त्यसपछि दाताहरुले सहयोग गर्नुभएको छ, संस्थाको सह संयोजक प्रकाश थापाले भन्नुभयो । उहाँका अनुसार दैनिक चार सयको हाराहारी त्यस्ता बेवारिसे, बेसहारा खाना खान आउँछन् ।
हाल दैनिक बिहान बेलुका नै खुवाउन थालिएको छ । हाल संस्थाले भात, तरकारी, खिर , अचार र मासुसहितको खाना खुवाइरहेको छ । धैरै जनालाई पनि पुग्छ, धेरै दिनसम्म पनि पुग्छ, उहाँले बताउनुभयो । तरकारीको तुलनामा कुखुराको मासु प्रतिकेजी १७० रुपैयाँमा पाइने भएको र बेसाहारा समेत सन्तुष्ट भएकाले मासु, भात र अचारलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
अहिले विभिन्न संस्थाबाट, विदेशमा बस्ने नेपालीबाट सहयोग आइरहेको छ । त्यसैले अहिले दुई छाक खुवाउन सक्षम छौं, उहाँले भन्नुभयो । यो अभियानलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने विषयमा भने आफू अन्योल रहेको उहाँको भनाई रहेको छ । अब हामी उहाँ हरुलाई भालि देखि आ आफनो स्थान पठाइने छौं र उहाँ हरुलाई हामी हाम्रै संस्थाको खर्च जुन सहयोगी मनहरुले दिनुभएको रकम बाट उहाँ हरु आफनो स्थान तर्फ सुरक्षीत तरिकाले पठाउने छौं ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *