राजनीतिमा विकल्पको खाँचो र साझा पार्टी

Banner Second राजनिती विचार

दामोदर नेपाल
पञ्चायतको अन्त्य र वहुदलियव्यावस्थाको पुःन स्थापना पछि देशमाकुशलशासकमार्फत विकास तिव्र गतिमा जान्छ भन्ने अपेक्षा गरीएको थियो । जन निर्वातितप्रतिनीधिमार्फत बन्ने सरकार जनउत्तरदायिबनी देश प्रति केही गरु भन्ने भावनाभएका राजनीतिकदलका नेताहरुलाई अवसर प्राप्तभएको थियो । त्यति वेलाखासगरी लामो राजनैतिकयात्रा, त्याग र तपश्या गरेका नेपालीकाँग्रेसका त्यागी नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतकाइमान्दार, कुशल, निष्ठावान नेताहरु नभएकापनिहोइनन् । उनीहरुमानिजी स्वार्थ, विलासिताको जीवन र धन सम्पक्तिको स्वार्थ पनि देखिदैन थियो ।

लामो इतिहास रचेर आएको लोकतान्त्रीकशक्ति नेपालीकाँग्रेसलाई जनताले ठूलो आशा, विश्वास र भरोसा गरेका हुन, मतजाहेर गरेका हुन, देशमाआर्थिक विकास, न्यायको शासन र मानवअधिकारको रक्षागर्ने जिम्मापाएको थियो तर अपेक्षा गरीएका नेताहरुबाट शासनको (सत्ता) कार्यकारिणी प्रमुखनवस्ने घोषणा भए पछि सरकारको नेतृत्वगर्ने अवसर निर्वाचन पछि गिरिजाप्रसाद कोइरालालाई प्राप्तभयो । काँग्रेसको रोग पनि भनिन्छ कि सरकारमाभए पछि आन्तरिक द्घन्दमा नराम्रो सँग फस्छ ।

नेताहरुको झगडाले राजनीतिअस्थिर बन्दात्यसको असर सरकार सञ्चालनमा समेत पर्न थाल्छ आखिर भयो तेहि र २०५१ को मध्यवधिनिर्वाचनमा देश गयो । पार्टी झगडाले नेताहरुको घमण्ड त छताछुल्ल त भयो नै तर देश र नेपालीजनतामाथि खेलवाड, अति ठूलो घात भयो भयो जसको परिणाम त्यस पछि नेपालको राजनीतिअस्थिर, घृणित हुँदै ठूलो द्वन्दमाफस्यो । सरकार बन्ने र ढल्ने, सांसद खरीदविक्रीहुँने सम्मका खेलको विजारोपण भएको राजनीतिक घटनाक्रमले देखाउँछ जसका कारण संसदीयव्यावस्थाको बदनामहुँदै गयो । फलस्वरुपःमाओवादीको नाममाहतियारको राजनीति देखाप¥यो र देश थिलथिलो हुँदै गयो ।

देशमानामचलेका नाफामा रहेका उद्योग कलकारखानानीजिकरणको नाममा सरकारले विक्रिगर्दै गयो भने तिनै उद्योग र कलकारखानामाकामगर्ने मजदुरलाई काँग्रेस र तत्कालिन ने.क.पा. एमालेले ट्रेड युनियनको रुपमा पार्टीको भातृ संस्थाबनाए । उद्योगीव्यावसायीहरुलाई तीमजदुरहरुलाई प्रयोग गरि ट्रेड युनियनको नाममा अनेकौ सुविधाकामागहरु तेस्र्याउनथाले ।

युनियनचलाउनचन्दाआतङ्क चलाउनथाले जसबाट उद्योग कलकारखानाचल्ननसक्ने, विदेशी सामानसँगप्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको श्रृजनाभयो । नीजिकरणले देशको कायापलट हुन्छ भन्ने भ्रममाउद्योग कलकारखानाआफुले नीजिकरण गरी जिम्मादिए पछि सरकारले आफ्नो दायित्वविर्सियो र उद्योग कलकारखानामा देखिएका समस्याखासगरी मजदुरका विषयमा र विदेशी मालसाानका विषयमा लगानीकर्तालाई ढुक्क भएर लगानीगर्ने वातावरण श्रृजना गरी उद्योग बन्दहुन बाट रोक्न कुनै कदमचालेन जसको फलस्वरुप लगानीकर्ताहरु पलायनहुँनथाले । उद्योगबन्दहुँनथाल्यो । यसको प्रभावले बचेका बाँकी सरकारी उद्योगहरुमापनि पार्टीका बफादार मजदुरहरुको बन्द हड्तालले उद्योग चल्न सकेन । कतिपयउद्योगहरु अहिले सम्मबन्दकै अवस्थामा छ ।

गोरखकाली रबर उद्योग, हरिसिद्धी इट्टा टायल कारखाना, बाँसबारी छाला उद्योग, हेटौंडा कपडा उद्योग, साझायातायात, ट्रलिबससेवायातायात, बुटवल पावर कम्पनी, विभिन्न चुरोट कारखानाहरु, विरगंज, विराटनगर, भैरहवा, वालाजुका सयौ उद्योगहरु बन्दभए, अर्को तिर देशमाविद्यार्थी, शिक्षक, प्राध्यापक, कानूनव्यावसायी, निजामतीकर्मचारी लगायत बैक तथावित्तिय संस्थाका राष्ट्रसेवककर्मचारीहरुलाई पनिकाँग्रेस र कम्यूनिष्टको कार्यकर्ता ट्रड युनियनको नाममाबनाइयो । जनताले तिरेको करबाट तलबभत्ताबुझ्ने सरकारी कर्मचारीहरु मार्फत सेटीङ्ग हुँदै प्रधानमन्त्री देखीजिल्ला सम्मका सरकारी निकायहरुमाव्यापक रुपमा भ्रस्टाचार हुनथाल्यो । कर्मचारी शक्तिशालीहुँदै गए । उनिहरु मार्फत नेताहरु भ्रष्टाचारमा डुब्दै मोज मस्ती गर्न थाले । देशखोक्रो हुँदै गयो । विचौलीया, माफिया र ठेकेदारहरुको सम्बन्ध पार्टीका नेताहरुसँग सुमधुर मात्रै होइन, उनिहरुले चाहेकाके निर्णय सरकारबाट गर्न गराउन सक्ने भयो ।

राजदुत, संस्थानकाजि.एम. लगायत का उच्चतहमा राजनीतिकनियूक्तीहरु पार्टीका कार्यकर्ता बन्नथाले । कुनै विज्ञता, क्षमता र आचरणका सिमारेखा बनेनन् । जो सँग पैसा र पावर छ उहिव्यक्तिहरुले राज्यकाअंगहरु कब्जागर्न थाले । वैदेशिक ऋण बढ्दै गयो । देशका अर्थमन्त्रीहरु विदेशीदाताका ऋण नेपालीजनताको थाप्लोमापार्न पाउँदादङ्ग पर्न थाले । विपक्षीहरु आफ्ना भातृ संस्थाविशेषगरी विद्यार्थीहरुलाई प्रयोगगरी सडकमा टायर बाल्नलगाउने, टेलिफोनकाक्यविनेट भाँच्नलगाउने, सार्वजनिक सम्पक्तितोडफोड गर्न लगाउने जस्ता अराजकगतिवीधिमाभर्ना हुनुले देशमाअस्थिरताझनझन बढ्न थाल्यो । शिक्षाक्षेत्रको पनिगतिवीधि खराव भयो । पुराना पार्टीहरुले सरकारी विद्यालयमाकार्यरत शिक्षकहरुलाई आआफ्ना भातृसंगठनको नाममाकार्यकर्ता बनाए जसबाट वास्तवीक शिक्षक विद्यालयमा रहेनन् । पुराना पार्टीका कार्यकर्ताहरुलाई शिक्षकभनिदिनु पर्ने दिनआयो ।

पार्टीका कार्यकर्ता बनेका शिक्षकहरुले जे जस्तो रुपमा अध्ययन अध्यापन गरे पनि उनीहरुलाई कुनै दण्ड सजायहुँदैन थियो ।गरिब र निमुखाका सन्तानहरु मात्रै सरकारी विद्यालयमा पढ्ने तथाहुने खाने सम्पन्न र खर्च गर्न सक्ने अभिभावकहरु नीजि विद्यालयमाआफ्नो बालबच्चाहरु पढाउन थाले, सरकारी शिक्षकहरु आफू सरकारी विद्यालयमा अध्यापन गराउने तर आफ्ना बालबच्चाहरु नीजि विद्यालयमा भर्ना गर्न थाले । सरकारी अस्पताहरुको अवस्था पनि दयनिय बन्दै गयो । सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु लगायत कर्मचारीहरु बाट नीजिक्लिनीक र प्राइभेट अस्पतालहरुमा लगानीगर्ने र कामगर्नेअवस्थाआयो । सरकारी अस्पतालमा उपचारको गुणस्तर खस्कन थाल्यो । महङ्गो र सुविधा सम्पन्नको नाममानिजि अस्पतालहरुले जनताको स्वास्थ्यको व्यापक रुपमाव्यापार गर्न थाले । गरिब र पहुँचनपुग्ने समुदायहरु मात्र सरकारी अस्पताल र हुँने खाने पहुँचभएका सम्पन्नवर्गका मानिसहरु निजि अस्पतालमा उपचार गरेबाट नेपालको स्वास्थ्य क्षेत्र पनि व्यापारिकरणमा पुग्यो ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु निजिविद्यालयमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्न नसकेर रोजगारीको शिलशिलामा बाध्य भएर ५० डिग्रीको तापक्रममाआफ्नो श्रम बेच्नविदेशीनु परीरहेको छ । आफ्नो जायजेथा साहुलाई जिम्मादिएर गएका कतिपय युवाहरु कमको शिलशिलामा दुर्घटनामा परी मृत्युवरण गर्न परेको घटना र यता साहुलाई र बैकलाइृ ऋण तिर्न नसक्दा जायजेथा लिलाममा निस्कीदा परिवारका सदस्यबाट आत्महत्याहुने गरेका घटनाहरु पनिआइरहेका छन् । यी र यस्ता जीवनका विषयमा अव पनि सचेत, जागरुक हुन सकिएन भने देशमा राजनैतिक व्यावस्था त परिवर्तन हुँदै जाला तर नेपाली जनताको अवस्था झनझन कठिन हुँदै जाने निश्चित छ ।

व्यावस्था परिवर्तन अवस्था परिवर्तनको लगिहो, राजनीति सेवाको भावनाले गर्ने विषयहो भन्ने कुरालाई बुझ्न सकिएनभने विकास र सम्बृद्धि कागजमामात्रै सिमित रहनेछ । त्यसकालागि राजनैतिक परिपाटीमा सुधार नभै सुखै छैन अनि अहिलेको हाम्रो मुल नेतृत्व काँग्रेस र ने.क.पा. बाट सम्भव छ त ? के ती पार्टीहरुको विगत ३०/३१ वर्ष देखिको सत्ताका स्वाद र जिम्मेवारी पाउँदाको कार्य क्षमताबाटत्यो पुरा हुन्छ त ? भ्रष्टाचार अन्त्य, विधिको शासन, दण्डहिनता र कानुनी मौलिक अधिकारको पक्षमा उनीहरुको शासनशैली बाट सम्भव छ त ? अब नागरिक सचेत हुन जरुरी छ । यदि राजनीति रुपिमुल सफागर्न सकिएनभने, सधैं धमिलो भैरहन्छ अनि अब त सङ्गलीएलाभनिकुर्दा कुर्दै पुस्तान्तरण हुन्छ अखिर केहि हुँदैन । त्यसकारण अब काँग्रेस, कम्युनिष्टको वर्तमान नेतृत्वबाट कुनै पनि कुरा गर्न सक्दैनन् भन्ने उनिहरुको संस्कारबाट प्रमाणित भैसकेको छ ।

अतःनेपाली राजनीतिकमा बैकल्पिक शक्तिको खाँचो छ । त्यो पुरा गर्न साझा पार्टी अगाडी बढि रहेको हुँदा एक पटक साझा पार्टी लाई नेपाली जनताहरुले साथदिन जरुरी छ ।

2 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
50 %
Angry
रिस
50 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *