नुवाकोटमा अबैध नदिजन्य पदार्थको ओसार पसार गर्ने १० सवारी साधन प्रहरी नियन्त्रणमा

Banner First नुवाकोट समाचार समाचार

 नुवाकोट भाद्र २३- 
नुवाकोटमा गत जेठ २८ गतेको समन्वयात्मक बैठकमा सरोकारवालाहरुको निर्णायानुसार असाढ १ देखी भाद्र मसान्तसम्म ३ महिना नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएकोमा उक्त निर्णयको बर्खिलाप गरी नदिजन्य पदार्थ संकलन तथा ओसार पसार गर्ने १० सवारी साधन एकै दिन प्रहरी नियन्त्रण रहेको छ ।

७ टिप्पर र ३ आईचरलाई २२ गते सोमबार बेलकोटगढी नगरपालिका वडा नं ७ मकैघारी स्थित त्रिशुली नदिको किनारमा अबैध रुपमा उत्खनन् गरिएको बालुवा लोड गरिरहेको अबस्थामा फेला पारी आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समिती नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *