मेरो देश को लथालिङ्ग अबस्था

साहित्य/कला

सुमन ओझा ।।
मेरो देश, छ यहाँ अन्याय र अत्याचारको खेल
भ्रस्टाचार र घुसखोरी को चल्छ यहाँ ठेल
एउटा गर्छ नराम्रो काम अर्को त्यस्लाइ धकेल
यहि पाराले सबको खोपडिमा पाक्नी कहिले सेल।।

४६ सालको परिस्थिति स्वतन्त्रता रह्यो प्रमुख
तर अहिले जनमानसमा मनतन्त्र छ चम्मुख।
७ पार्टीका ७ कुराले जनता अल्मलाउने
यसै बिचमा नेताहरु को हात पाउ सलबलाउने।।

सुन काण्ड र बलात्कार त, संख्यामा नै छैनन्
नाताबाद र जातिबाद ले ब्रेक लाउने होइनन्।
अपराधी घुम्छन खुल्ला यहाँ ढ्याङ्रो ठटाएर,
राम्रो गर्ने मान्छे हिंड्नुपर्छ यहाँ मुख बङयाएर।।

निर्मला जस्ता पिडित यहाँ अरबौँ छन् भित्र
पैसावाल र सत्तावालकै कारण, छन् है अलपत्र।
धुर्मुस रबि जस्ता ब्यक्ति यहाँ जेलमा कोचिनु पर्छ
गल्ती नै नगर्नी ले चाहिँ यहाँ सजायको भोगी बन्नुपर्छ।।

एक करोडको गलैँचा र अठार करोडको गाडि
उस्तै हो भने रास्ट्रपति लाँउछिन् अर्को, करोड को साडि।
प्रधानमन्त्री दिन्छन् गफ उखान र टुक्का को..
गफै गफ र नेतागिरीले देशको अर्थतन्त्र भुक्का भो।।

4 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *