पञ्चकन्या गाउँपालिकाद्धारा कृषक कल सेन्टर सुचारु

Banner First कृर्षि नुवाकोट समाचार पंञ्चकन्या समाचार

नुवाकोट, भाद्र ९
कोरोना भाईरसको प्रभावले जारी निषेधज्ञामा घरमै बसिबसी कृषिका समस्या समाधान गर्नको लागि पञ्चकन्या गाउँपालिकाले कृषक कल सेन्टर (९८८१३४८१३६) सुचारु गरेको छ ।

गाउँपालिकाले कृषिका विविध समस्या समाधानका लागि ूकृषक कल सेन्टर सुचारु गरेको गाउँपालिकाले जनाएको छ । मूल पेसा कृषि रहेको र लामो समयदेखि बन्दाबन्दीले गर्दा खेतीमा आइपर्ने समस्या समाधानका लागि पञ्चकन्याका कृषकहरु अन्योलमा नपरुन र कृषि उत्पादन घट्न नपाओस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको वडा नं १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बताए ।

यस सेवा अन्तर्गत कृषकले आफ्नो मोवाइल फोनबाट आफ्नो खेतीको समस्या सुनाउछन् त्यस पछि कृषि प्राविधिक तथा कृषि विषेशज्ञबाट फोनबाटै समस्याको समाधान गरिन्छ र आवश्यक परे स्थलगत बाली अवलोकन पनि गरिने वडाध्यक्ष लामिछानेले बताए ।

कृषक कल सेन्टरको उच्चतम उपयोग गरि भरपुर सेवासुविधा लिन पञ्चकन्याका कृषकलाई गाउँपालिकाले अपिल समेत गरेको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *