आइतबार थपिए ३८० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २२९७२

Banner First समाचार स्वास्थ्य

नुवाकोट , २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजा ३५३ पुगेको छ ।

आइतबारसम्म ११ हजार ३८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५४४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ५१५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ४३ हजार ८०४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप दुईजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *