स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

टप फिचर दुर्घटना समाचार

नुवाकोट /साउन २१

स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका–२ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा बिहीबार मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए । पैदलयात्रुलाई ठक्कर दिने स्कुटर र स्कुटर चालक चाँगुनारायण नगरपालिका–६ छालिङका २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *