नुवाकोटमा ८० प्रतिशत रोपाई सम्पन्न

ककनी किस्पाङ कृर्षि तादी तारकेश्वर दुप्चेश्वर नुवाकोट समाचार पंञ्चकन्या बागमती बेलकोटगढि म्यागङ लिखु विदुर समाचार सुर्यगढि

नुवाकोट, साउन ४
नुवाकोटमा ८० प्रतिशत भन्दा बढि रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाई सम्पन्न भईसकेको छ ।

दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको अधिकांश स्थानमा धान उत्पादन हुने गरेको छ । मनसुन सक्रिय भई वर्षा भएको कारण पनि नुवाकोटमा धान रोपाई छिट्टै भएको कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि प्रसार अधिकृत रुकमणि अधिकारीले बताईन् ।

अधिकृत अधिकारीका अनुसार, आईतवारबाट सक्रिय भएको वर्षातले जिल्लामा केहि स्थानमा बाँकि रहेको रोपाई पनि छिट्टै सम्पन्न हुने बताईन् । त्यस्तै रसुवाको पनि अधिकांश स्थानमा रोपाई सम्पन्न भई सकेको उनले बताई्न् ।

नुवाकोटको केहि क्षेत्रमा सिमित रुपमा व्यवसायिक धान खेति गरिन्छ भने अधिकांश क्षेत्रमा कृषकहरुले आफ्नै परियोजनको लागि उत्पादन गर्ने गरेका छन् ।

2 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *