शिखर ईन्स्योरेन्स नुवाकोटले आव ०७६/७७ मा ३ करोड ८७ लाख बराबरको प्रिमियम रकम संकलन गर्यो

आर्थिक कृर्षि टप फिचर नुवाकोट समाचार बागमती विदुर समाचार

नुवाकोट, साउन ३
विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको शिखर ईन्स्योरेन्स कम्पनी लिमिडेटको शाखा कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६/७७ मा रु ३ करोड ८७ लाख ९७ हजार ७ सय ५३ रुपैया १४ पैशा बीमा प्रिमियम रकम संकलन गरेको छ ।

नुवाकोट र रसुवा कार्य क्षेत्र रहेको कम्पनिले अघिल्लो आर्थिक वर्षको भन्दा प्रिमियम संकलन बढेको नुवाकोट शाखाका प्रमुख सुरेन्द्र राईले बताए ।

प्रमुख राईका अनुसार २ हजार ७ सय २ जना कृषकको बीमा १ सय ३२ परिवार, ६ सय ३७ घर, ५ सय ८२ वटा गाडि, ६ सय ५९ वटा मोटरसाईकल र ५६ वटा ठेक्काको बीमा गरिएको छ । साथै कम्पनिले एक आर्थिक वर्षमा ५ सय २ वटा गाई, २ हजार २ सय ४ वटा भैसी, २ हजार ३ सय ४२ वटा बाख्रा, ४१ वटा बंगुर, १० हजार वटा माछा, ७७ हजार ४ सय १५ वटा कुखुरा र ४ सय १९ वटा चौरीको बीमा गरेको प्रमुख राईले बताए । त्यस्तै १ सय ३२ परिवारको कोरोना बीमा र विभिन्न संघ संस्थाका कर्मचारी गरी जम्मा ६ सय ६९ जनाको कोरोना बीमा गरेको छ ।

कम्पनीकोे पशु तर्फ ३२ करोड ५५ लाख ६७ हजार ४ सय रुपैया विमाङक रकम रहेको छ । भने,  कुखुराको ४ करोड, ४४ लाख ४ हजार ३ सय २९ रुपैया, गोलभेडाको ५९ लाख ९७ हजार ४ रुपैया, माछाको १९ लाख ७ हजार ५ सय रुपैया र ६ वटा माछा पोखरी ३१ लाख ५० हजार ७ सय ५० रुपैया विमाङक रकम रहेको छ ।

एक आर्थिक वर्षमा कृर्षि तर्फ १ करोड ८४ लाख ६७ हजार ५ सय २० रुपैया प्रिमियम संकलन भएकोमा बीमा वापत क्षति भुक्तानी  पशुको ७९ लाख ६३ हजार ४ सय ८० रुपैया, कृर्षि(गोलभेडा)को ४ लाख १५ हजार, स्वास्थ्य र गाडिको रु ४० लाख गरी जम्मा बीमा भुक्तानी १ करोड २३ लाख ७८ हजार ४ सय ८० रुपैया रहेको प्रमुख राई बताए ।

पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित किसान अथवा फर्म क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ । कम्पनिका अनुसार क्षति भएको २४ देखि ४८ घण्टासम्ममा प्राविधिकहरु घटनास्थलमा पुग्ने र कागजी प्रक्रिया पुगेको अवस्थामा ७ देखि २१ दिनभित्रमा क्षतिपुर्ति रकम दिने बताइएको छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लिखित कर्जा रकमको ९० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिदैँ आएको प्रमुख राईले बताए ।

वि।सं। २०७१ साल चैत्र १ गते नुवाकोटमा स्थापना भई बीमा क्षेत्रमा कार्य गर्दै आएको यस कम्पनीले रसुवामा समेत आफ्नो विश्वसनियता कायम गर्न सफल भएको छ । यस कम्पनीमा नुवाकोटमा ७ जना र रसुवामा १ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीमा दुई जना पशु प्राविधिक समेत रहेका छन् । कृषकले आफूलाई आवश्यक परेको समयमा प्राविधिक सुरेन्द्र राई ९८४९८५३८१७ र महेश्वर  भुर्तेल ९८६५७१३९०३ मा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

3 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
50 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
50 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *