असाधारण प्रकृतिका काम बाट आत्मा सन्तुष्टि मिल्दछ

नुवाकोट समाचार विचार सम्पादकीय

ईन्द्र बहादुर पण्डित /नुवाकोट
आम नागरिकले कल्पना गरे जस्तै बिकास निर्माणका गतिबिधी अगाडि बढ्न नसके पनि बिगत बर्षहरुको तुलानामा ठुला मझौला र साना प्रकारका योजनाहरु मुलुक भरिनै संचालनमा रहेका छन। यश मानेमा नुवाकोट पनि अछुतो छैन।

सडकको सन्दर्भलाई लिनु पर्दा एक दशक अगाडिको अवस्थाबाट धेरै माथि उठिसकेको छ। सदरमुकामबाट काठमाडौं जानू पर्दा एक मात्र बेलकोट- ककनी-ओखरपौवाको बाटो मात्र थियो। त्रिशुलिमा निर्माण हुनगैरहेको जल बिधुत गृहको सामान ढुवानी गर्न निर्माण भएको थियो त्यो बाटो। सम्भवत २०१८/०१९ तिर मित्र राष्ट्र भारतको सहयोगमा जल बिधुत गृहको निर्माण नभएको भए अझै कति बर्ष पछि सम्म पैदल यात्रा बाटै राजधानी भित्रन बाध्य हुनु पर्ने थियो अनुमान लगाउन सकिन्छ।

२०२४/०२५ तिर हुनु पर्दछ, पहिलो पटक रु ५.९५ को टिकट काटेर पंजावी (सरदार)ले चलाएको ५०,५२ सिटे लामो बसमा काठमाडौं गएको मलाई संझना छ। ७,८ घण्टाको पट्यार लाग्दो यात्रा पछाडी बल्ल काठमाडौ पुगियो। अझै लोड ट्रकलाई त दिनभरी नै जस्तो लाग्ने रहेछ। २०३५/०३६ तिर चितवन गएको थिँए। हाम्रो लागि चितवन जानू भनेको त टाढैको यात्रा तय गर्नु पर्ने हुन्थ्यो।

सिखरबेशीको बसाइ काठमाडौ हुँदै सिमभन्ज्याङ हेटौंडा भएर जानुपर्ने वाध्यता थियो। फर्केर आउँदा भरखरै चल्न सुरु भएको मुग्लिनको बाटो हुँदै गल्छी सम्म आईपुगें। रातमाटे देविघाट हुँदै त्रिशुली पुग्न सकिने जानकारी मलाइ थियो। शिक्षा अफिसको काम सकेर मात्र घर जाने निष्कर्षमा सोही बाटो पैदल यात्रा गर्दा झण्डै ७,८ घण्टा लगाएर पैताला भरी फोका उठाउँदै हिँडेको थिएँ।

उकालो ओरालो हिड्न बानी परेको हामिलाई समथर बाटो हिड्न हदै कठिन हुने कुरा गहिरो गरि अनुभव भयो। २०२४/०२५ बाट मात्रै गंगटे हुँदै शेरा ढिकुरे तर्फ जाने बाटो खनेको मलाई संझना छ। अहिलेको जस्तो सडक खन्ने उपकरणहरुको प्रयोग हुँदैन थियो। जनशक्ति परिचालन गरेर नै बाटो खनिएको थियो। २०३२/०३३ तिर रसुवा नुवाकोट एकीकृत बिकास परियोजना लागू भए पछि चौघडा सम्म हरियो कलरको जिपहरु फाट्ट फुट्ट चल्न सुरु भयो। बिस्तारै त्यो बाटो तन्कदै वानियाटार , कबिलासको सिमरा हुँदै सहरेटार सम्म पुग्यो । तादी खोलामा पुल नभएको कारण सडक अगाडी बढ्न सकेन। दिनमा फाट्ट फुट्ट १,२ ओटा जिपहरु मार्फत परियोजनाका कर्मचारीहरु ओहोर दोहोर गर्दथे।

२०३५/०३६ तिर ब्यापारिहरुले शिखरवेशी सम्मको धानलाई लक्षित गरि सहरेटारलाई धान संकलन केन्द्र बनाइसके पछाडी काठमाडौ सम्म ढुवानी गर्न केही मालवाहक ट्रकहरुको ब्यबस्थापन हुन सकेको थियो। त्यति बेला सम्म लिखुको थानसिङ – छहरे र शेरा वगर सम्म कच्ची बाटो बिस्तार भै सकेक थिए भने तलाखु देखिको धान संकलन केन्द्र शेरा वगर बनेको थियो।

म पनि विद्यालयको प्र.अ भएको नाताले महिनाको एक पटक शिक्षा अफिस आउन पर्थ्यो । खरानिटारको तल जंगलमा आइ पुगेपछी मेरा आँखा बाटो तिर नभै सिमरा पारथोक तिर दौडिन्थे। किनभने जाँदै गरेको गाडी सहरेटार पुग्दा म पनि उता बाट त्यँहा आइ पुग्थे। गाडी चड्न पाउने त्यस्तो ग्यारेन्टी त हुंदैन थियो तर पनि ३०/३५ भने आसा पूरा हुनेगर्थ्यो ।त्यस बेलाको चौघडाको चहलपहल व्यापक थियोे ।जब ०४८/४९ तिर लब्धु बाट वारि वारीनै आप्रा तर्फ मोटर बाटो बनेर गार्डी चल्न थाल्यो ,एकाएक चौघडा सुनसान बन्यो ।

जब २०५१ तिर मनमोहन अधिकारीको नेतृत्वमा बामपंथीहरुको एकलौटी सरकार बन्यो र नितिगतनै आफ्नो गाउँ आफै बनाउं भन्ने नारा सहित गा.बि.स. हरुमा केही रकम बिनियोजन गरियो त्यस पछि गाउँ गाउँमा सडक निर्माणको क्रमले ब्यापकता पायो । निर्माणको क्रम बढ्दै जांदा सडक अहिले घ्याङ्फेदी को घेवार,घ्याङ्डांडा जस्ता बिकट ठाउँमा गाडी गुड्न थालिसकेका छन भने नुवाकोट जिल्लाका अति विकट विभिन्न स्थानहरु गाउखर्क बेतिनी ,भाल्चे ,किन्ताङ जस्ता ठाउहरुमा गाडि गुड्न थालेका छन ।अब भयका सडक लाई प्राथमिककण गरेर सुदृढ र ब्यवस्थित बनाउने कुरामा जिम्मेवार ब्यक्तीहरुको ध्यान जान निनान्त जरुरी भैसकेको छ ।

जिल्ला सदरमुकामको सडक पनि निर्माण भयता पनि १ इन्चीपनि बढ्न सकेको थिएन ।सदरमुकाममा अवस्थित सडकको दुरावस्था देखेर खिन्न हुनुपर्ने अवस्था थियो। हुनत रास्ट्रीय मात्र नभयर अन्त रास्ट्रीय स्तरमै ख्याती कमायका बरिस्ठ नेताहरु नभयका भने होइनन् ,मन्त्री नटुट्ने जिल्ला मध्य नुवाकोट पनि एक हो।डाडु पन्यु नै हातमा भयका पटक पटकको अर्थमन्त्री अनि पटक पटक बिदेश यात्रा गरेर देखे जानेका अनुभव बटुलेकाहरुको पनि कमि थियन।

तर आफ्नो गृह जिल्लाको सदरमुकाममा अवस्थित सडक लगायत बिकास निर्माणको सवाल होस चाहे शिक्षा ,स्वास्थ आर्थिक ,सामाजिक ,औद्योगिक सवालहरुमा समेत कसैको दृस्टी पर्न नसकेको जटिल परिस्थिति हाम्रा अगाडि खडा भैरहेका थिय ।

२०६६ मा ए.डि.बि को सहयोगमा गल्छी त्रिशुली -श्याप्रुबेसि सम्मनै १ लेनको सडक स्तर उन्नति गरि कालो पत्रे गर्ने कार्यक्रम अन्तर्गत बट्टार देखि ढुंगे सम्म ४ कि.मि. सडक निर्धारित डिजाइन अनुसार ठेकेदारले काम सुरु गरेपछि कमसेकम जिला सदरमुकाम र मुख्य ब्यापारिक केन्द्र समेत भयकोले बट्टार -ढुंङे सम्म को खण्ड फाराकिलो गरिनु पर्दछ भन्ने मान्यताको साथ अवसर लाई गुम्न दिनु हुदैन भनेर अगुवा केही साथीहरू बिच विचार बिमर्श गरि चुनौतीपूर्ण आयोजनाको थालनी गरेको कार्यलाई अवरोध सिर्जना गरेर स्थानीय प्रसासान समेत लाई सहमत गराइ आयोजना सङ जिल्ला प्रसासन कार्यालयमा भएको बृहत् छलफल पछडी तपाइहरुले लाहन किल्यार गरेको र काम हुन बाँकी स्थानमा सडक निर्माण गर्न मन्जुर छौं भन्ने लिखित सहमती पश्चात मेरो अध्यक्षतामा स्थानिय सरोकार समिती गठन गरि स्थानिय बजार बासिहरुको भेला बोलाई घरको मुख्य संरचना बचाई कम्पाउन्ड पेटि, पाली, वरण्डा भत्काउन हामी सहतमत छौं भन्ने लिखित सहमती गरि निर्माण कार्य अगाडि बढाउँदा बट्टार बजारमा १२ मि+ नाली , ब्यारेक – ढुङ्गे सम्म १०मि + नाली समेतको फराकिलो सडक निर्माण गर्न सफल भयौं ।

सडकलाई कुरुप र छेद बिच्छेद हुन बाट बचाउन सडक बिचमा रहेको खानेपानी पाइपलाइ त्यहीँ गरि सडक दायाँ बायाँ नालि भन्दा बाहिरबाट पाइप लाइनको ब्यवस्थापन गर्न अभियानकै बिच नयाँ खानेपानि उपभोक्ता समितिले निर्माण कार्य अधुरो राखी गैर जिम्मेवार कार्य गरेकोले पुर्ण सन्तुष्ठी भने प्राप्त गर्न सकिएन । सवा २ करोड रुपैयाँको उक्त योजना अलपत्र पार्नुको साथै हिना मिना हुन पुग्यो। करिब २१,२२ महिनामा निर्माण कार्य सम्पन्न भएको अत्यन्तै महत्वपुर्ण यो कार्य सफल हुँदा जिल्लाका वरिष्ठ नेताहरु अनबिज्ञ र आश्चर्य चकित थिंए।

यश अन्तरालमा भएका थप प्रमुख कार्यहरु यश प्रकारका छन
– सैन्य तालिम केन्द्र मैथली क्याम्पको सडकमा पर्ने जग्गा नापी कार्यालयको नक्सांकन वमोजिम ०६७|३|१६ गते हेडक्वाटरबाट स्विकृती प्रदान।
– करिब २.५ कि.मि. थप नाली निर्माण,ब्यवस्थापन।
– बिधुतिय र टेलिफोनका पोलहरु स्थानान्तरण, नाङ्गो तार हटाई A.B.C. केबल जडान र टेलिफोनको मेनहोलहरु आवस्यकता अनुसार ब्यावस्थापन
-करिब २७,२८ बर्ष सडकको जग्गा हस्तक्षेप गरि संगमचोकमा ब्यवसाय संचालन गरि बसेका ३ वटा घरहरु सहमतिको आधारमा हट्न राजी भएको।
– सडकको नजिकमा रहेको घरलाई आधारमानी सडक मापदण्ड तोक्ने कार्य भएको।
– सैनिक तालिम केन्द्र हातामा रहेका २ वटा खोल्साहरुमा डेढ देखि २ मि. सम्म उठाई रिक्सा, ठेलागाडाहरु जस्ता सवारी साधन संचालन गर्न सहज भएको।
-११०००V को बिधुत लाइनलाई खतरा मुक्त हुने गरि जनताको पक्षमा ब्यबस्थापन गरिएको।
-वातावरणिय अवस्थालाई मध्य नजर गर्दै ७ मि. स्ट्याण्डर कालो पत्रे बाहेकको ठाउँमा समेत साधारण कालो पत्रे गरिएको।

उपरोक्त कार्यहरु सम्पन्न गर्दा आयोजनाले थप १६ करोड भन्दा बढि आर्थिक लगानी गरेको थियो। अन्तमा आयोजनाबाट थप लगानी गर्न आर्थिक अभवको असमर्थ भए पछि बिदुरको घरेलु बिकास समिती,ढुङ्गेको कृषि बिकास बैंक र कृषि शाखा नजिक भिमकाय मेसिनरी बाल निर्माण हुन नसकी मपदण्ड बमोजिमको सडक नबन्ने परिस्थितिमा C.D.O, C.D.O समेतको सहयोगमा राष्ट्रिय योजना आयोगमा गुहार मागी रु. २५००००० (अक्षरुपी पच्चिस लाख रुपैंया) रातो किताब राख्न लगाई लक्ष बमोजिम काम सम्पन्न गर्न सफल भएका थियौं। समग्रमा उपरोक्त कार्यहरुबाट नगरको सुन्दरता बढेको छ।

आर्थिक गतिबिधी ठूलो मात्रामा बढोत्तरी भएको छ भने दुर्घटना न्युनिकरणमा समेत सहयोग पुगेका छन। धेरै सामाजिक कार्यहरुमा संलग्न रहंदै आएता पनि यो ४ कि. मि. दुरिको यो प्याकेज सम्पन्न हुँदा आफू जिबित रहंदा सम्मनै पुर्ण रुपमा आत्मा सन्तुष्ठी मिल्नुको साथै सदरमुकाम निवासिहरुमा समेत उत्साह भरिएको थियो। स्मरण रहोस् २०/२१ महिना सम्म संचालनमा रंहदा आफ्नो ब्यवसाय लाई वास्ता नराखी सम्पुर्ण समय दियर प्रासासनिक संचार र सडक दायाँ बायाँका रुखहरु कटान समेतमा लगभग रु २५०००० भन्दा ज्यादानै म बाट स्वेच्छिक खर्च समेत भयको छ ।

नेपालको संविधान निर्माणमा असन्तुष्टि जनाई २०७२ सालमा भारत द्वारा नाकाबन्दी गरिए पछि बिकल्पको रुपमा २०७२|८|१७ गते मन्त्रीपरिषद बैठकको निर्णयानुसार उत्तरतर्फको नाका खोल्ने हेतुका साथ गल्छी- त्रिशुली- मैलुङ- स्याफ्रुवेसी र रसुवागढी मार्गलाई राष्ट्रिय गौरवको सडकको मान्यता दिई ०७३|८|७ गते २वर्ष भित्रमा काम सम्पन्न गरि सक्ने गरि जग्गा अधिग्रहण, मुआब्जा बितरण र सडक निर्माणमा आई पर्ने सम्पुर्ण बाधा ब्यावधानको अन्त गर्दै कामको थालनी गरिएकोमा अन्यत्र सबै मुआब्जा बितरण गर्ने प्रकृया अगाडि बढाएता पनि पिपलटार देखि ढुङ्गे खण्डमा मुअब्जा दिन नमिल्ने भनी आवश्यक अडचन खडा गरिएता पनि पहिला मुअब्जा प्राप्त नगरेको कारण सरोकारवालाहरुबाट नगर पालिका मार्फत प्र. मन्त्री समक्ष डेलिकेसन तथा कानुनी उपचारको प्रकृया अगाडि बढी रहेको छ। यस बिषयमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघिय तथा प्रदेस सम्सदहरुको जनता अन्यायमा छन। त्यसैले मुअब्जा पाउनै पर्दछ भन्ने दृढ इच्छा शक्ति नजागेको कारणले मुआब्जा पाप्ती गर्ने कार्यमा ढिलाइ भै रहेको छ ।

जे होस ढिलो चांडो मुआब्जा प्राप्त गर्ने कुरामा कुनै संका छैन ।यसै परिपक्ष्यमा गंगटे देखी ढुंङे सम्म जिल्ला सदरमुकामको साथै प्रमुख ब्यापारिक केन्द्र समेत पर्ने भएकोले दिनानुदिन बढ्दै जाने भिड्भाड ,अनि लोकल ढुवानी र यात्रुहरु चढ्ने ओर्लनको लागी पनि बाइपास लेनको आवश्यकता र समग्रमा सिङ्गो नगरको सुन्दरता समेतलाई ध्यानमा राखी ४ लेनको अत्याधुनिक सडक निर्माण गर्ने कार्ययोजना गल्छी-रसुवागडि सडकसङ रहेको छ ।

यसै बिच बिदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट संचालित साना सहरी खानेपानी योजना पनि अन्तिम चरणमा पुगेको छ ।बट्टार – बिदुर खण्डमा खानेपानीको पाइप लाइन बिस्तार कार्य अगाडि बढाइ रहेको छ । यस्तो अवस्थामा मुआब्जा प्राप्त हुदा वा नहुदाको अवस्थामा पनि आवस्यकता र जनचाहनाको आधारमा सडक बिस्तार गर्नुको बिकल्प नरहेको सडक दायाँबायाँ रहेका फर्निचर उद्योग ,मोटर ग्यारेज लगायत अन्य ब्यवसायिक फर्महरु बाट अतिक्रमीत सडक अनि घरको पेटी,पाली ,कम्पाउन्ड लगायत आवश्यक संरचनाहरु हटाइ बाताबरण तयार गरि खानेपानीको पाइप लाइनलाई कम्तिमा पनि ३ मिटर पर हटाइ ब्यवस्थापन गर्न सकेमा अन्ततः काल सम्म सडक सुरक्षीत हुन सक्दछ ।त्यसको लागि नगरपालिकानै एक आधिकारिक निकाय हो भन्ने मान्यताको साथ पटकपटक छलफल सम्बाद चलाउदा समेत नगरपालिकाले बेवास्ता गरेको कारण प्रसस्त सम्भावना रहदा रहदै पनि ठेकेदार पक्षलाई सहज हुने गरि निर्माण हुने गइरहेको सडकको मुनिबाट खानेपानीको पाइप लाइन बिस्तार गर्ने कार्यले अत्यन्त मर्माहत बनायको छ ।

उक्त कार्य बाट निर्माण सम्पन्न छोटै अवधीमानै छेद बिच्छेदमै कुरुप बन्न जाने र जनताले गम्भीर पिडा सहनुपर्ने जस्ता बिषयमा नगरपालिका गम्भीर बन्न नसक्नु बिडम्बनाको बिषय हो ।यसका अलवा बस्पार्कको सडक देखि लियर अन्य सहायक सडखरुको हालत पनि त्यतिकै दर्दनाक अवस्थामा छ । सडक मापदण्ड निर्णयपुस्तिकामा सिमित छ । रचनात्मक गतिविधि हरु सुन्री छन। बजार अनुगमन ओझेलमा छ ।बालबालिकाको चौर्थर्फी बिकासमा भुमिका खेल्नुपर्ने बाल कल्याण संस्थाको दुरुपयोग गरिएको छ ।

रास्ट्रीय चाड पर्व लगायतका बालक्रियाकलाप प्राय शून्य छ ।बाताबरणिय दृस्ठिकोण बाट समेत नगरपालिकाको रचनात्मक कार्यक्रमहरु अगाडि बढ्न नसकेको जस्ता आदि कार्यहरु नसकेको जस्ता आदि कार्यहरू बाट समेत वडा अध्यक्षज्युहरु,खानेपानी उपभोक्ता समिती र समग्र नगरका मुल नेतृत्व दीर्घकालीन सोच नभयका ,अल्लारे अपरिपक्व र असक्षम ब्यक्तिहरुको रुपमा जनताले ग्रहण गरेका छ्न । कतिपय राम्रा काम पनि हुन सक्दछन ।त्यसको समिक्षा समेत हुनेनै छ ।

हालै मात्र नेपाल सरकार बाट मुलुकभरको राजमार्गहरुको ग्रेडिङ्का सन्दर्भमा पृथ्वी राजमार्ग र गल्छी -रसुवागडि राजमार्ग लाई समेत रास्ट्रीय गौरवको स्तर बाट १ तह माथी ग्रेडिङ गरेको बाट पनि यस्को महत्त्व कति छ भन्ने कुरा स्पष्ट हुन आउँछ ।तसर्थ पनि निकट भबिस्यमा निर्माण हुन गइरहेको ४ लेनको अत्याधुनिक सडक निर्माणको लागि हरेक घरपरिवार बाट आफ्नो घरको मुख्य संरचनाको अलवा कम्पाउण्ड ,पेटि ,पाली जस्ता संरचना हटाइ सडक आयोजनाको कार्य लाइ सहयोग पुग्ने बाताबरण तयार गर्न बिदुर नगरपालिका लगायत सरोकार वाला निकायहरु समेत बाट सहजीकरण गर्न नितान्त जरुरी देखियको छ ।यो कार्यबाट आवश्यकता अनुसार ओभरहेड क्रसिङ रोड अण्डर ग्राउन्ड ,क्रसिङ रोड सहित को अत्याधुनिक सडक निर्माणभै जनताले दिगो रुपमा फाइदा लिन सक्नेछन ।

अर्को प्रसङ्गमा कुरा गर्नु पर्दा हालसालै नेपाल सरकारको निर्णयअनुसार राजधानी संग सिमा जोडिएका सम्भावना भहयका जिल्ला हरुमा ठुला शहर बसाउने कार्यक्रम अनुसार थान्सिंह छ्हरे फांट्मा satellite शहर बसाउने चार्चा बिगत बर्षहरु देखीनै रहेको र सडक नेट्वोर्क ले जोडेका थानसिंङ देखि गंगटे हुँदै महादेवफाट ,रातमाटे ,कोल्पुटार सम्मका र तादी खोला तर्फ खरानिटार ,सातबिशे , रामती हुँदै दुप्चेश्वर सम्मनै सहर बिस्तारको संभावना रहेको हुदा कालन्तरमा नुवाकोट पनि भब्य शहरमा रुपान्तरण हुने छ भनेर परिकल्पना गर्न सकिन्छ ।

यसै गरि उत्तर तर्फको नाका हुँदै तेस्रो मुलुक संग ब्यापारिक सम्बन्ध बिस्तारको लागि जल र स्थल मार्ग सहितको बन्दरगाहको सुबिधा प्राप्त गरि सकेको परिपेक्षमा जिल्लाको भबिस्य अत्यन्त उज्ज्वल छ भन्न सकिन्छ ।छिमेकी जिल्ला रसुवाको भुबनौट तुलनात्मक रुपमा कस्टकर भयको र नुवाकोटले सबैखाले आधार भुत आवश्यकता लाई थेग्न सक्ने भएकोले नुवाकोटका समथर भुभागहरुमा सुख्खा बन्दरगाह (हब) निर्माण गरि आन्तरिक र मित्र रास्ट्र भारतमा समेत सामान निर्यात गर्न सकेमा हजारौं मानिसहरूले रोजगार प्राप्त गर्नुका साथै जिल्लामा व्यापक चहलपहल बढ्ने छ।

उल्लेखित कार्यहरू सम्पन्न गर्नको लागि हरेक जिम्मेवार नेता तथा सबै तहका कर्मचारी हरु पदमा रहदा परम्पपराबादी योजना नित्य कर्म जस्तै धारा ,पाटी पौवा ,नाली बाटो घाटो जस्ता झिना मसिना काम कुराहरूमा सिमित नरही पदलाई अवसर र चुनौती को रुपमा आत्मासाथ गरि असमान्य प्रकृतिका कार्यहरू जस्तै सिङ्गो पालिका लाई हरेक दृस्ठिकोणले आत्मानिर्भर बनाउने ,कायपलट हुने गरि पालिकाको गुरुयोजना तयार गरि कार्यन्वयन ,पहाडको उच्च भागमा रहेका खर्क स्वांराहरुको हजारौं बिगाह जगाको सदुपयोग गरि हावा पानी सुहाउदा फलफुल ,चिया जस्ता बस्तुहरुको उत्पादन जस्ता कार्यले आफू पद बाट अलग हुदा समेत गरेको गौरव गर्न लायक कार्यहरु भनी आत्मसन्तुष्टि मिल्ने र जनता पनि गौरवान्नित हुने कार्यले मात्र समृद्ध नेपाल सुखी नेपालीको महत्वाकांक्षी नारा साकार हुनेछ । धन्यबाद

3 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *