युवा तथा खेलकुद मन्त्रालयद्वारा ४ खेल पत्रकार सहित १० पत्रकार सम्मानित

खेलकुद समाचार


नुवाकोट, असार २३
सोमबार ४ खेल पत्रकारसहित १० पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबार सम्मान गरेको छ ।

सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोष्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गर्नुभएको हो ।

पठाक पोखरामा भएका कारण कार्यक्रममा उपस्थित भएनन् ।

सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *